यस्तो छ सन्दीप लामिछानेले खेल्ने ‘द हन्ड्रेड’ क्रिकेटकाे नियम

 कात्तिक ५, २०७६ मंगलबार ९:२०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डमा २०२० मा क्रिकेटको नयाँ फरम्याट सुरु हुँदैछ । इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले २०२० को जुलाईमा यो प्रतियोगिता आयोजना गर्न लागेको हो । क्रिकेटको नयाँ फरम्याटको नाम हो ‘द हन्ड्रेड’ । 

गर्मी विदालाई ध्यानमा राखेर सुरु हुन लागेको फ्रेन्चाइज लिगमा ८ टिमले सहभागिता जनाउँदै छन् । यो प्रतियोगिताका लागि नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने पनि आवद्ध भएका छन् । आइतबार राति भएको ड्राफ्टबाट सन्दीपलाई ओभल इन्भेन्सीबलले लिएको हो ।

१०० बलको यो प्रतियोगिता कसरी खेलिन्छ त सबैको चासो यसमा छ । एक ओभरमा ६ बल हुन्छ । १०० बललाई ६ ले भाग गर्दा १६ ओभर ४ बल हुन्छ । यस्तोमा पूरै १७ ओभर पनि नहुने यो प्रतियोगितामा बलरले कसरी बलिङ गर्छन् त्यो बुझ्न जरुरी छ ।  टी २० मा १२० बल हुने हुँदा ५ जना बलरले चार चार ओभर बलिङ गर्न पाउँछन् । तर यसमा १० बल खेले पछि ओभर सकिने छ । यसअघि अरु फरम्याटमा ६ बलमा ओभर पूरा हुने गर्थ्यो । 

एक जना बलरले ५ या १० बल  लगातार फाल्न पाउने छ । यो जिम्मा कप्तानको हातमा हुने छ । कसलाई कति बल बलिङ गराउने भनेर । एक पारीमा टी २० मा २० बलभन्दा बढी बलिङ गर्न पाइने छैन । यसमा नो बल र वाइड भने काउन्ट हुने छैन । 

पावर प्ले २५ बलसम्म लागू हुने छ । जसमा ३० यार्ड बाहिर २ जना फिल्डर बस्न पाउने छन् । हरेक टिमलाई साढे २ मिनेट स्ट्रेटेजिक टाइम आउट पनि दिइने छ ।

यो खेल साढे २ घण्टामा सकिने छ भने एक टिममा अधिकतम १५ खेलाडी हुने छन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया