नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
दक्षिण अफ्रिकाविरुद्धको तीन टेस्टको शृंखला भारतले क्लिनस्वीप गरेको छ । राँचीमा दक्षिण अफ्रिका फ्लो अनमा पर्दै सिरिज नै गुमाएको हो ।
भारत एक इनिङ्स र २०२ रनले विजयी भयो ।
दोस्रो टेस्टमा पनि अफ्रिका फ्लो अनमा परेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको भारतले ९ विकेट गुमाएर ४९७ रन बनाउँदै पहिलो पारि समाप्त गरेको घोषणा गरेको थियो । भारतका लागि रोहित शर्माले दोहोरो शतक सहित २१२ रन बनाएका थिए भने अजिंका रहाणेले ११५ रन बनाएका थिए । रविन्द्र जडेजाले ५१ रन बनाउँदा उमेश यादवले ३१ रन जोडे ।
दक्षिण अफ्रिका पहिलो पारिमा १६२ रनमा अल आउट भएको थियो । पहिलो पारिमा ३३५ रनले पछि परेको अफ्रिका फ्लो जोगाउन दोस्रो पटक ब्याटिङमा उत्रियो । तर दोस्रो पारि समेत जोडेर अफ्रिकाले भारतले पहिलो पारिमा बनाएको जति रन बनाउन नसक्दा एक इनिङ्स र २०२ रनले हार व्यहोर्न बाध्य बन्यो । दोस्रो पारिमा अफ्रिका १३३ रनमा अल आउट हुन पुग्यो ।
अफ्रिकाका थेनस डी ब्रुइनले सर्वाधिक ३० रन बनाउँदा जर्ज लिन्डीले २७ रनको योगदान गरे ।
दोस्रो पारिमा भारतका मोहम्मद सामीले तीन विकेट लिँदा उमेश यादव र सहजाद नादिमले दुई दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।