पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
जुम्ला – १७ दिनदेखि जुम्लामा अनसनरत रहेका डाक्टर गोविन्द केसीको अवस्था जटिल हुँदै गएको छ ।
डाक्टर केसीको १५ औं सत्याग्रह अवधि बढ्दै जाँदा उहाँको स्वास्थ्य दिन प्रतिदिन गम्भीर हुँदै गएको चिकित्सकहरुले बताएका छन् । उपचारमा संलग्न चिकित्सकहरुको प्रतिवेदनले सेप्सिसको उच्च जोखिममा रहँदै आउनु भएका डाक्टर केसीको स्वास्थ्य अवस्था गएरातिबाट अचानक थप जटिल बनेको छ ।
आइतबार रातको २ बजे आसपास अचानक छातीमा असह्य पीडा र सास फेर्न कठिन भएपछि मेडिकल टिमले जाँच गर्दा, रगतमा अक्सिजनको मात्रा ६०, श्वासप्रश्वासको गति ४० र मुटुको गति १२० को हाराहारीमा पुगेको थियो ।
प्रतिवेदन अनुसार आइतबार रातिबाटै डाक्टर केसीको इसीजी जाँचमा एक्टोपिक बिट्सहरु देखिन थालेको चिकित्सकहरुले बताएका छन् । प्रतिष्ठानका मेडिकल डाइरेक्टर पुजन रोकायासहितको उपचारमा खटिएको टिमले रगतमा इलेक्ट्रोलाइट्सहरुको घटबढ भएपश्चात मुटुको चालमा परिवर्तन भई यस किसिमका एक्टोपिक बिट्सहरु देखिएको बताएका छन् । यसैगरी मुटुको चाल परिवर्तन हुनु निकै नै खतराको संकेत रहेको विज्ञेप्तिमा उल्लेख छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपलब्ध स्रोत साधन र जनशक्तिहरुबाट सम्पूर्ण उपचार भइरहेको भएता पनि सेप्सिस वा मुटुका अन्य समस्याले आइसीयू चाहिने परिस्थिति आएमा सुविधा सम्पन्न सेन्टरमा रिफर गर्नु पर्ने चिकित्सकहरुको प्रतिवेदनले जनाएको छ । यसैगरी डाक्टर केसीले एन्टिबायोटिक्स लिन अस्वीकार गर्नु भएका कारण घाँटीको संक्रमण ठिक भएको छैन ।
यसैगरी केसीको मागप्रति समर्थन जनाउँदै महिलाहरु सडकमा उत्रिएका छन् । केसीको स्वास्थ्य जटिल बन्दै गए पनि सरकारले बेवास्था गरेको भन्दै आन्दोलनमा होमिन परेको द्वन्द्वपीडित महिला संघ जुम्लाकी अध्यक्ष हरि महतले बताउनुभयो । यसैगरी केसीको मागप्रति अनसनको सुरुदेखि एक्येबद्धता जनाउँदै जुम्लाका नागरिक समाजले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले सरकार डाक्टर गोविन्द केसीको मागप्रति कठोर बन्न नहुने भदै राज्य कठोर भएकाले केसीको स्वास्थ्य दिनप्रतिदिन बिग्रदै गएको आरोप लागउनुभयो । नागरिक समाजले जीवन रक्षासहित माग सम्बोधनका लागि तत्काल वार्ता टोली गठन गरी प्रक्रिया अगाडि बढाउनु पर्ने बताएको छ । यस्तै नागरिक समाजले हस्ताक्षर गरिएको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई बुझाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।