ललितपुरमा भूकम्पले भत्किएका एक सय ५० पाटी पौवा पुनःनिर्माण
बैशाख ७, २०८१ शुक्रबार
रुकुम पूर्व - रुकुम पूर्वमा एक महिलालाई प्रहरीले चरेससहित पक्राउ गरेको छ।
पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १२ को क्युबाङबाट पक्राउ परेकी २७ वर्षीया सिला सुनारकाे साथबाट प्रहरीले पाँच किलाे चरेस बरामद गरेको बताएको छ ।
त्यसै ठाउँको गर्खानीबाट क्युबाङतिर लैजाँदै गरेको चरेस साेमबार राति प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । विशेष सूचनाको आधारमा प्रहरी टोली परिचालन गरेर चरेससहित महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी तथा प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनुभयो ।
पक्राउ परेकी सुनारलाई २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक सुनारले जानकारी दिनुभयो । केही वर्षदेखि रुकुम पूर्व अवैध चरेस उत्पादन तथा ओसारपसारकाे लागि चर्चामा आउने गरेकाे छ ।