मैत्रीपूर्ण भलिबल प्रतियाेगितामा थाइल्याण्डकाे यू-२३ टाेलीसँग हार्‍याे नेपाल

 कात्तिक ५, २०७६ मंगलबार १७:४७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

आउँदाे दक्षिण एसियाली खेलकुद (साग) र सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको तयारीमा रहेको नेपाली महिला भलिबल टिमले थाइल्याण्डमा पहिलो हार बेहाेरेकाे छ ।

थाइल्याण्डको बैंककमा भएको खेलमा नेपाली महिला टिम थाइल्याण्डकाे यू-२३ टिमसँग तीन-शून्यको सोझो सेटमा पराजित भयो ।

यसअघिका दुई खेलमा जित निकालेको नेपाली महिला टिमले आज भने सुरुवातदेखि नै फितलो प्रदर्शन गर्‍याे । जसमा नेपाल २५-१८, २६-२४, २५-२५ को सेटमा पराजित भयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया