वायु प्रदूषण बढ्दो : प्लाष्टिक, कृषि अवशेष लगायत नजलाउन वाताव...
मंसिर १०, २०८१ सोमबार
लमजुङ – तनहुँको भानु नगरपालिका–१०, नेपालडाँडामा मंगलबार बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
तनहुँको चोक चिसापानीबाट लमजुङतर्फ आउँदै गरेको ना ३ ख ९७६८ नम्बरको बस सडकबाट झण्डै ५० मिटर तल खस्दा बसका सहचालक भानु नगरपालिका–६, तनहुँका २१ वर्षका अनिल धमेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, दमौलीका ट्राफिक हवल्दार भूमिराज घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार सहचालकले बस चलाउँदा दुर्घटना भएको हो । बस दुर्घटना हुँदा बसमा रहेका भानु नगरपालिका–१०, की १६ वर्षीया रोशनी श्रेष्ठ र त्यसै ठाउँकी १५ वर्षीया समीक्षा श्रेष्ठ घाइते भएको र उनीहरुको स्थानीय तुरतुरे पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।