नेपाली महिला भलिबल टिम मैत्रीपूर्ण खेलमा पराजित

 कात्तिक ५, २०७६ मंगलबार २०:३२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

आसन्न दक्षिण एसियाली खेलकुद साग र सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको तयारीमा रहेको नेपाली महिला भलिबल टिमले थाइल्याण्डमा पहिलो हार ब्यहोरेको छ । 

थाइल्याण्डको बैंककमा भएको खेलमा नेपाली महिला टिम थाइल्याण्डकाे यू–२३ टिमसँग तीन-शून्यको सोझो सेटमा पराजित भयो । यसअघिका दुई खेलमा जित निकालेको नेपाली महिला टिमले मंगलबार भने सुरुदेखि नै फितलो प्रदर्शन गर्‍याे । 

जसमा नेपालले पहिलो सेट २५–१८ ले हार्यो भने दोस्रो सेट २६–२४ ले गुमाउन पुग्यो । यस्तै तेस्रो तथा अन्तिम सेट २५–२० ले गुमाउन पुग्यो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया