रहिम स्टर्लिङको ह्याट्रिक, म्यानचेस्टर सिटीको शानदार जित

 कात्तिक ६, २०७६ बुधबार ७:३२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले इटालियन क्लब एटलान्टामाथि शानदार जित निकालेको छ । घरेलु मैदान इथियाड स्टेडियममा भएको खेलमा सिटीले एटलान्टालाई ५–१ गोलले हरायो ।

रहिम स्टर्लिङले दोस्रो हाफमा एघार मिनेटको अन्तरमा ह्याट्रिक गर्दा सिटीले समूह सीमा शतप्रतिसत नजिता आत्मसाथ गर्न सफल भएको छ । खेलमा अग्रता भने एटलान्टाले लिएको थियो ।

२८औं मिनेटमा रुस्लान मालिनोभस्कीले पेनाल्टीमार्फत गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । सो अग्रता ६ मिनेटभन्दा बढी टिक्न सकेन । ३४औं मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । 

३८ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै अगुएरोले सिटीलाई अग्रता दिलाए । 

दोस्रो हाफको ५८ औं, ६४ औं र ६९ औं मिनेटमा स्टर्लिङले गोल गरेपछि सिटीले उत्कृष्ट जित निकाल्यो । जितसँगै समूह सीमा सिटीले तीन खेलबाट नौ अंक जोडेको छ । 

अर्को इंग्लिस क्लब टोटनह्यामले पहिलो जित हात पारेको छ । अघिल्लो दुईमध्ये एकमा हार र एकमा बराबरीको नतिजा निकालेको स्परले सर्वियाको रेड स्टार बेल्ग्रेडलाई ५–० ले हरायो ।

टोटनह्याम स्टेडियममा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि ह्यारी केन र सन ह्योङ मिनेटले दुई दुई गोल गरे भने इरिक लामेलाले एक गोल थपे ।

नवौँ मिनेटमा ह्यारी केनले टोटनह्यामलाई अग्रता दिलाए । १६ औँ र ४४औँ मिनेटमा ह्योङ मिनले गोल गर्दै पहिलो हाफअघि टोटनह्यामलाई ३–० को अग्रता दिलाए ।

५७औँ मिनेटमा लामेलाले गोल गर्दा टोटनह्यामले ४–० को अग्रता लियो । ७२औँ मिनेटमा ह्यारी केनले ब्यक्तिगत दोस्रो गोल गर्दा टोटनह्यामले समूह बीमा पहिलो क्लिन सिट पाएको हो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया