टी-२० विश्वकप छनोट : केन्याले सिंगापुलाई ७ विकेटले हरायाे

 कात्तिक ६, २०७६ बुधबार २०:१०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत केन्याले दोस्रो जित निकालेको छ । बुधबार केन्याले सिंगापुरमाथि ७ विकेटको जित दर्ता गरेको हो ।

सिंगापुरले दिएको १५८ रनको लक्ष्य केन्याले ७ बल बाँकी छँदै तीन विकेट गुमाएर पूरा गरेको थियो । केन्याको जितमा इरफान करिमले नट आउट ७१ रन बनाउँदा अमन गान्धीले ५० रनको योगदान गरे । सिंगापुरका अजमद महबुबले २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५७ रन बनाएको थियो । सिंगापुरका लागि सुरेन्द्र चन्द्रमोहनले सर्वाधिक ४० रन बनाउँदा अरित्र दत्तले ३३ तथा टिम डेभिडले २९ रनको योगदान गरे ।

केन्याका एलिजो ओटिनो र लुकास ओलुचले तीन-तीन विकेट लिए ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया