आईसीसी टी–२० विश्वकप छनोट: क्यानडाकाे लगातार तेस्रो जित

 कात्तिक ६, २०७६ बुधबार २०:५८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

क्यानडाले आईसीसी टी–२० विश्वकप छनोटमा लगातार तेस्रो जित निकालेको छ ।

यूएईमा जारी प्रतियोगिता अन्तर्गत वुधबार भएको खेलमा क्यानडाले आएरल्याण्डलाई १० रनले पराजित गरेको हो ।

क्यानडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड निर्धारित ओभरमा ७ विकेट गुमाएर १४६ रनमा रोकिएको थियो । क्यानडाका स्टुआर्ड थम्सनले नट आउट २८ रन बनाउँदा जर्ज डकरेल १० रन बनाएर अन्तिम समयसम्म क्रिजमा रहे पनि जित भने दिलाउन सकेनन् ।

पल स्टर्लिङले २३ तथा ह्यारी टेक्टरले २२ रन बनाएर आउट भएका थिए । आयरल्याण्डलाई लक्ष्य पूरा गर्न नदिन क्यानडाका रोमेश इरांगा र सादविन जफारले दुई-दुई विकेट लिए ।

पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १५६ रन बनाएको थियो । क्यानडाका लागि नवनित दालिवालले ६९ रन बनाउँदा नितिश कुमारले ५३ रनको योगदान गरे ।

बलिङतर्फ आयरल्याण्डका बोएड र्‍यांकिनले २ विकेट लिए ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया