लिभरपुलको सहज जित

 कात्तिक ७, २०७६ बिहिबार ७:१८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह इको खेलमा लिभरपुल विजयी भएको छ । डिफेन्डिङ च्याम्पियन लिभरपुलले बेल्जियमको जेंकलाई ४–१ हरायो । जेंकको जितमा एलेक्स ओक्सलाड च्याम्बिरलिनले दुई गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै फाबिन्होको पासमा च्याम्बरलिनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ५७औं मिनेटमा फिरमिनोको पासमा फेरि च्याम्बरलिनले गोल गरे । ७७ औं मिनेटमा साडियो माने र ८७औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ४–० को अग्रता दिलाए ।

८८औं मिनेटमा जेंकका लागि स्टेफेन ओडेले गोल गर्दै लिभरपुलको अग्रता कम गरे । बाँकी समयमा थप गोल हुन नसक्दा यो गोल जेंकका लागि सान्त्वनामात्र बन्न पुग्यो ।

समूहमा लिभरपुल पहिलो खेलमा नापोलीसँग पराजित भएको थियो । पछिल्ला दुई खेलमा जित हात पार्दै उसले ६ अंक बनाएको छ । 

नापोली समूहको शीर्ष स्थानमा छ । उसले साल्जबर्गलाई ३–२ गोलले हराउँदा ड्राइज मार्टिन्सले उत्कृष्ट प्रदर्शन गरे । मार्टिन्सले दुई गोल र एक एसिस्ट गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया