वुमन्स च्याम्पियन्स लिग क्रिकेट : चितवनले दियो काठमाण्डाैलाई ११३ रनको लक्ष्य

 कात्तिक ७, २०७६ बिहिबार १३:१२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

वुमन्स च्याम्पियन्स लिग क्रिकेटको फाइनलमा चितवन राइनोजले क्याट क्वीन्स काठमाण्डाैलाई ११३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा चितवनले निर्धारित ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएको हो । टस हारेर पहिला ब्याटिङ गरेको चितवनले सुरुवात भने राम्रो गरेको थियो ।

पहिलो विकेटका लािग चितवनका काजल श्रेष्ठ र कन्चन श्रेष्ठले ४९ रनको साझेदारी गरेका थिए । ९.५ ओभरमा ४९ रन भएका बेला काज श्रेष्ठ २१ रन बनाएर आउट हुन पुगिन् । उनले २८ बलमा २ चौक्का प्रहार गरेकी थिइन् । त्यसपछि चितवनले ४९ रनमै दोस्रो विकेट खेर फालेको थियो ।

९.१ ओभरमा १९ रन बनाएर आउट भएकी थिइन् । उनले २६ बलमा ३ चौका प्रहार गरिन् । रितु कनौजीया र सुमन खतिवडाले चितवनको स्कोर अघि बढाएका थिए । २५ बल सामना गरेकी सुमनले २९ रन बनाउँदा ५ चौका प्रहार गरेकी थिइन् । ८४ रन हुँदा सुमन आउट हुन पुगेकी थिइन् ।

टिमको स्कोर बोर्डमा थप २ रन जोड्दा रितु कनौजीया रन आउट हुन पुगिन् । रितुले ६ रन बनाएकी थिइन् । कप्तान इन्दू बर्मा र प्यारी चौधरीले चितवनको स्कोर १०० रन कटाएका थिए । अन्तिम ओभरमा इन्दूले लगातार ३ चाैका प्रहार गर्दै रन बनाएकी थिइन् । इन्दू २२ रनमा नट आउट रहिन् । प्यारी ३ रनमा नट आउट रहिन् । काठमाडौंका लागि लक्ष्मी साउद, सरस्वती कुमारी र संगिता राईले एकएक विकेट लिए ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया