फिफा वरीयतामा नेपाल ६ स्थान तल झर्‍याे

 कात्तिक ७, २०७६ बिहिबार १४:३६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – फिफा वरीयतामा नेपाल ६ स्थान तल झरेको छ । नयाँ वरीयताअनुसार नेपाल १ सय ६७ औँ स्थानमा पुगेको छ ।

यसअघि एक सय ६१ औँ स्थानमा रहेको नेपाल पछिल्लो ६ महिनामा वरीयतामा धेरै तल गएको हो । विश्वकप छनोटका पछिल्ला दुई खेलमा फराकिलो हार ब्यहोरेको कारण नेपालको वरीयता खस्केको हो । 

दक्षिण एसियाली देशमा नेपालभन्दा माथि रहेको माल्दिभ्स एक स्थान तल झर्दै एक सय ५४ औँ स्थानमा पुगेको छ भने भारत दुई स्थान तल झर्दै एक सय ६ स्थानमा छ ।

यस्तै नेपालभन्दा तल रहेका अन्य दक्षिण एसियाली देशहरुमा बंगलादेश तीन स्थान सुधार गर्दै एक सय ८४ औँ स्थानमा छ । भुटान एक सय ८९ औँ स्थानमा पुगेको छ । यस्तै पाकिस्तान दुई स्थान सुधार गर्दै दुई सय १ औं स्थानमा र श्रीलंका एक स्थान तल झर्दै दुई सय ३ स्थानमा पुगेको छ ।

पछिल्लो खेलमा नेपाल अष्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० ले पराजित भएको थियो । विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया