रुबिना क्षेत्री बनिन् वुमन्स च्याम्पियन्स लिगकाे सर्वाेत्कृष्ट खेलाडी

 कात्तिक ७, २०७६ बिहिबार १५:४९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वुमन्स च्याम्पियन्स लिग (डब्ल्यूसीएल) क्रिकेट प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी क्याट क्वीन्स काठमाण्डौकी कप्तान रुबिना क्षेत्री बनेकी छिन् ।

पुरै प्रतियोगितामा ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेकी रुबिनाले ५० हजार रुपैयाँ र एक थान स्कुटर प्राप्त गरिन् ।

यस्तै प्रतियोगितामा इमर्जिङ खेलाडी क्याट क्वीन्सकी इश्वरी विष्ट भइन्, उनले १५ हजार रुपैयाँ प्राप्त गरिन् । यसका साथै बेस्ट बलर चितवन राइनोजकी कविता गौतम, बनिन । उनले २५ हजार रुपैयाँ र आर आरको क्रिकेट किट्स हात पारिन् ।

यसका साथै उत्कृष्ट ब्याटर, चितवनकी काजल श्रेष्ठ बनिन् । उनले पुरै प्रतियोगितामा १३४ रन बनाएकी थिइन् । उनले २५ हजार रुपैयाँ र आरआर कम्पनीको किट्स पाइन् ।

प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी भने रुबिना बनिन् ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया