गेटाफेसँग ग्रानाडा पराजित, शीर्ष स्थानमा उक्लिने माैका गुमायो

 कात्तिक १५, २०७६ शुक्रबार ६:३२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

गेटाफेसँग पराजित भएपछि ग्रानाडाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । यसै सिजन शीर्ष डिभिजनमा उक्लिएर अविस्मरणीय प्रदर्शन गरेको ग्रानाडाले गेटाफेको मैदानमा भने ३–१ को हार ब्यहोर्‍यो । 

गेटाफेका लागि एन्जलले खेलको ३५औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ४१औं मिनेटमा माउरो अराम्बारीले गोल गरेपछि गेटाफेले पहिलो हाफअघि दुई गोलको अग्रता लिन सफल भयो । 

७४औं मिनेटमा एन्टोनियो पुयर्तासले गोल गर्दै ग्रानाडालाई खेलमा फर्काए । तर टिमोरले ८८औं मिनेटमा अर्को गोल गरेपछि ग्रानाडा ३–१ ले पराजित भयो । 

पराजयको बाबजुत ग्रानाडा २० अंक सहित तेस्रो स्थानमा यथावत छ । गेटाफे १६ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ ।

ला लिगामा एइबारले भिल्लारियललाई २–१ ले हरायो । मालोर्का र ओसासुनाबीचको खेल भने २–२ गोलको बराबरीमा सकियो ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया