इटालियन सिरिएमा एसी मिलानको जित

 कात्तिक १५, २०७६ शुक्रबार ६:४८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

इटालियन सिरिएमा एसी मिलानले जित हात पारेको छ । स्पाललाई १–० ले हराउँदै मिलान १०औं स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा मिलानलाई जित दिलाउनका लागि सुसोको दोस्रो हाफको गोल निर्णायक बनेको थियो । खेलको ६३औं मिनेटमा उनले गोल गरेका थिए ।

जितसँगै मिलानले सिरिएमा १३ अंक बनाएको छ । सिरिएको शीर्ष स्थानमा युभेन्टस छ । उसले १० खेलबाट २६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको इन्टरमिलानको २५ अंक छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया