नाडाल पेरिस मास्टर्सको क्वार्टरफाइनलमा

 कात्तिक १५, २०७६ शुक्रबार ७:४३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

दोस्रो वरीयताका राफेल नाडाल पेरिस मास्टर्सको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । फ्रान्सको पेरिसमा जारी प्रतियोगितामा स्पेनिस खेलाडी नाडालले १६औं वरीयताका स्वीस खेलाडी स्टानिस्लास वावरिन्कालाई २–० को सोझो सेटमा हराउँदै अन्तिम आठको यात्रा तय गरे ।

नाडलले वावरिन्कालाई ६–४ र ६–४ को सोझो सेटमा हराएका थिए ।

क्वार्टरफाइनलमा नाडालले फ्रान्सका जो विल्फ्रेड सोङ्गासँग प्रतिस्पर्धा गर्नेछन् । फ्रान्सेली खेलाडी सोङ्गाले १०औं वरियताका इटालियन खेलाडी माटेओ बेरेटिनीलाई ६–४ र ६–३ को सहज सेटमा पाखा लगाएका थिए ।

शीर्ष वरीयताका नोभाक जोकोभिचले बेलायती खेलाडी कायल एडमण्डलाई हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरे । ३२ वर्षे जोकोभिचले एडमण्डलाई ७–६(९–७) र ६–१ को सेटमा हराएका थिए ।

जोकोभिचले क्वार्टरफाइनलमा ग्रिसका स्टेफानोस सिट्सिपासको सामना गर्नेछन् । सातौं वरीयताका सिट्सिपासले अष्ट्रेलियाका एलेक्स डि मिनाउरलाई ६–३ र ६–४ ले हराएका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया