एएफसी यू-१९ च्याम्पियनशिप छनाेटका लागि नेपाली टिमको घोषणा

 कात्तिक १६, २०७६ शनिबार ९:४४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर - एन्फा

काठमाण्डाै - एएफसी यू-१९ च्याम्पियनशिप छनाेटका लागि नेपाली टिमको घोषणा गरिउको छ ।

नोभेम्बर ६ तारिखदेखि इरानमा सुरु हुने प्रतियोगितामा नेपालको समूहमा घरेलु टोली इरानसहित किर्गिस्तान र यूएई पनि रहेका छन् । २३ सदस्यीय नेपाली टिमको गोलकिपरमा विशाल सुनार, रोहित कार्की र पुजन होना रहेका छन् । यसैगरी डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, विकास खवास, योगेश गुरुङ र निराजन महर्जन रहेका छन् ।

यसैगरी नेपाली टिमको मिडफिल्डरमा दर्शन गुरुङ, रन्जन पुन, आकाश बुढामगर, जय गुरुङ, मनिस थापा, अनिल महर्जन, दिनेश हेन्जन रहेका छन् ।

फरवार्डमा मनिस डाँगी, राजिव लोप्चन, रेजिन सुब्वा र दीपेश आले मगर रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया