आउँदो एएफसी कपमा नेपालका कुनै पनि क्लब सहभागी हुन नपाउने

 कात्तिक १७, २०७६ आइतबार २०:१०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आउँदो एएफसी कपमा नेपालका कुनै पनि क्लबले सहभागिता जनाउन नपाउने भएका छन् ।

एन्फाले पठाएका १४ वटै ए डिभिजन क्लबलाई एएफसीले अस्वीकार गरेपछि नेपालको सहभागिता शून्य हुने भएको हो । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार यस वर्ष लाइसेन्स जारी नभएपछि एएफसीको सहभागिता नहुने अवस्था आएको हो ।

एएफसी कपका लागि नेपाली फुटबल टिमहरु मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, फ्रेन्ड्स क्लब, सरस्वती क्लब, हिमालयन शेर्पा क्लब, ब्रिगेड ब्वाइज क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब, न्युरोड क्लब र च्यासल युथ क्लबले आवदेन दिएका थिए ।

एएफसीले केही समयअघि क्लबहरुलाई अनधिकृत रुपमा लाइसेन्स वितरण गरेको भन्दै मात्रै एन्फालाई जरिबाना गरेको थियो । अर्को वर्षका लागि एएफसीको सबै प्रकृया पूरा गर्दै नयाँ पद्धतिमा क्लबहरुलाई लाइसेन्स वितरण गर्ने एन्फाले बताएको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया