तेस्राे टी-२०: इंग्ल्याण्डलाई १४ रनले हराउँदै न्यूजिल्याण्डले लियाे दुई-एककाे अग्रता

 कात्तिक १९, २०७६ मंगलबार १४:८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डविरुद्धको टी-२० शृंखलामा न्यूजिल्याण्डले २–१ को अग्रता बनाएको छ ।

पहिलो टी-२० जित्दै १–० को अग्रता बनाएको न्यूजिल्याण्ड दोस्रो टी-२०मा पराजित भएपछि इंग्ल्याण्डले सिरिज १–१ को बराबरीमा ल्याएको थियो । ५ वटा टी-२० अन्तर्गत मंगलबार भएको प्रतियोगितामा न्यूजिल्याण्ड १४ रनले विजयी भएपछि शृंखलामा अग्रता कायम गर्न सफल भएको हो ।

टस जितेर घरेलु टोली न्यूजिल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो । न्यूजिल्याण्डका लागि काेलिन डी ग्राण्डहोमले सर्वाधिक ५५, मार्टिन गप्टिलले ३३ तथा रस टेलरले २७ रनको योगदान गरे ।

बलिङतर्फ इंग्ल्याण्डका टम कर्रनले २ विकेट हात पारे ।

१८१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड निर्धारित ओभरमा ७ विकेट गुमाएर १६६ रनमा रोकिन पुग्यो ।

इंग्ल्याण्डका लागि डेभिड मलनले ५५ तथा जेम्स भिन्सले ४९ रन बनाए पनि हार टार्न भने सकेनन् ।बलिङतर्फ न्यूजिल्याण्डका टिकनर र लकी फर्गुसनले २–२ विकेट लिए ।

चौथो टी-२० आउँदाे शुक्रबार हुनेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया