दोस्रो टी–२०: पाकिस्तानविरुद्ध अष्ट्रेलिया सात विकेटले विजयी

 कात्तिक १९, २०७६ मंगलबार १७:५०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानविरुद्धको दोस्रो टी–२० खेलमा अष्ट्रेलिया सात विकेटले विजयी भएको छ ।

जितसँगै अष्ट्रेलियाले तीन खेलको श्रृखंलामा एक-शून्यको अग्रता बनाएको छ । क्यानबेरामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५० रन बनायो । उसका लागि इफ्तिखर अहमदले अविजित ६२ रन बनाए ।

यस्तै कप्तान बाबर आजमले ५० रन बनाउँदा बाँकी खेलाडी सस्तैमा आउट भए । बलिङमा अष्ट्रेलियाका एस्टोन अगरले २ विकेट लिए ।

जवाफमा घरेलु टिम अष्ट्रेलियाले १८ ओभर ३ बलमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । सुरुवात राम्रो नगरे पनि अष्ट्रेलियाको जितमा स्टेभन स्मिथले ८० रन बनाए । उनले ५१ बलमा ११ चौका र एक छक्का प्रहार गरे ।

यस्तै बेन म्याकडरमटले २१ रन तथा डेभिड वार्नरले २० तथा कप्तान एरोन फिन्चले १७ रन बनाए ।बलिङतर्फ माेहम्मद आमिर, माेहम्मद इर्फान र इमाद वासिमले समान एक-एक विकेट लिए ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया