एमसीसीविरुद्ध तीन दिवसीय क्रिकेट : नेपाल फिल्डिङमा

 कात्तिक २०, २०७६ बुधबार १०:२४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब एमसीसी र नेपालबीचको तीन दिवसीय क्रिकेट सुरु भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले टस जितरे पहिला फिल्डिङ रोजेको हो ।

नेपाली टिमका शरद भेषावकर र सोमपाल कामी बाहेक सबैले तीन दिवसीय क्रिकेटमा डेब्यू गरेका छन् । 

शरदले २००४ मै तीन दिवसीय क्रिकेटमा डेब्यू गरेका थिए भने सोमपालले श्रीलंकामा डेब्यू गरेका थिए ।

नेपाली टिम

ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, पवन शर्राफ, विनोद भण्डारी, करण केसी, ललित राजवंशी, राजु रिजाल, सन्दीप लामिछाने, सोमपाल कामी र शरद भेषावकर ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया