पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - चीनको साङघाइमा हुने बी एन्ड आर यू-१९ महिला क्रिकेट कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
नेपालले बुधबार डली भट्टको कप्तानीमा १४ सदस्यीय टोली सावर्जनिक गरेको छ । जसमा सिनियर टिम बाट खेलिसकेकी कंविता कुँवरलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । अन्य खेलाडीमा कृतिका मरासिनी, इश्वरी बिष्ट, यसोदा बिष्ट, रुवि पोदार, राजमती ऐरी, लक्ष्मी सावद, खुशी डंगोल छन् ।
ज्योती दनुवार, निगम तामाङ, शिला क्षेत्री, लक्षिता राजबंशी, गोमा आले, र श्रृष्टि पौडेल पनि अन्तिम १४ मा परेका छन् । पेमा लिम्बु शेर्पा , हेलिसा लामा गुरुङ र मनिषा राना बैकल्पिक खेलाडीमा रुपमा छन् । नेपाली टिम कलाम अलीको प्रशिक्षणमा रहेको छ ।
कात्तिक २५ देखी ३० सम्म हुने प्रतियोगितामा नेपाल सहित चीन, साउदी अरेयिबा , मलेसिया, म्यानमार र थाइल्यान्ड सहभागी छन । नेपालले आफ्नो पहिलो खेल २८ गते थाइल्यान्ड संग खेल्नेछ । नेपाली टिम शुक्रबार चीन प्रस्थान गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।