एएफसी यू–१९ छनोट : इरानसँग जित्नैपर्ने दबाबमा नेपाल

 कात्तिक २२, २०७६ शुक्रबार ६:३९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

एएफसी यू–१९ छनोट प्रतियोगितामा शुक्रबार नेपालले इरानसँग प्रतिस्पर्धा गर्दैछ । इरानमा जारी प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोलीसँग खेल्न लागेको हो ।

तेहरानमा हुने खेल नेपाली समय अनुसार राति आठ बजे हुनेछ । पहिलो खेलमा यूएईसँग ४–० को भारी अन्तरले पराजित भएको नेपाललाइ छनोट हुने सम्भावना कायम राख्नका लागि बाँकी दुई खेल जित्नै पर्नेछ ।

इरानले भने पहिलो खेलमा किर्गिज गणतन्त्रलाई ३–० ले हराएको थियो । छनोट प्रतियोगिताको सबै समूहमा चार–चार टिम छन् र समूहको शीर्ष टोलीले समूह चरणमा स्थान बनाउनेछन् । दोस्रो स्थानका उत्कृष्ट पाँच टिम पनि समूह चरणमा पुग्नेछन् ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया