पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशविरुद्धको दोस्रो टी २० क्रिकेटमा भारत ८ विकेटले विजयी भएको छ । भारतको जितसँगै सिरिजमा भारतले १–१ को बराबरीमा ल्याउन सफल भयो । पहिलो टी २० मा भारत पराजित भएको थियो ।
राजकोटमा पाहुना टोली बंगलादेशले दिएको १५४ रनको लक्ष्य भारतले २ विकेट गुमाएर २६ बल बाँकी छँदै पूरा गरेको थियो । भारतको जितमा कप्तान रोहित शर्मा र शिखर धवनले उत्कृष्ट पारि खेले । रोहित र शिखरले पहिलो विकेटका लागि ११८ रनको साझेदारी गरेका थिए । रोहित ८५ रनमा आउट हुँदा शिखर धवन ३१ रनमा पेभेलियन फर्किए ।
टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनायो । बंगलादेशले शुरुआत भने राम्रो गरेको थियो ।
पहिलो विकेटका लागि ६० रनको साझेदारी गरेको बंगलादेशका लागि मोहम्मद नहिमले ३६ तथा लिन्टन दासले २९ रन बनाए । यसैगरी कप्तान मोहमदुल्लाह र सौम्य सरकारले ३०–३० रन बनाए । भारतको युजबेन्द्र चहलले दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।