पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
पाकिस्तान विरुद्धको तेस्रो टी-२० खेलमा अष्ट्रेलिया १० विकेटले विजयी भएको छ ।
शुक्रबार भएकाे खेलमा जितसँगै अष्ट्रेलियाले तीन खेलको सिरिज दुई-शून्यले जितेको छ । पर्थमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर एक सय ६ रन बनायो । पाकिस्तानका लागि दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा इफ्तिकार अहमदले ४५ तथा इमाम उल हकले १४ रन बनाए ।
बलिङमा अष्ट्रेलियाका केन रिचर्डसनले तीन तथा मिचेल स्टार्क र सिन एबोटले दुई-दुई विकेट लिए ।
जवाफमा अष्ट्रेलियाले ११ ओभर पाँच बलमा कुनै विकेट नगुमाइ लक्ष्य पूरा गर्यो । अष्ट्रेलियाको जितमा डेभिड वार्नरले ४८ तथा एरोन फिन्चले ५२ रन बनाए । अष्ट्रेलिया र पाकिस्तानबीचको पहिलो खेल रद्द भएको थियो भने दोस्रो खेलमा अष्ट्रेलिया विजयी भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।