आर्सनललाई हराउँदै लेस्टर सिटी दोस्रो स्थानमा

 कात्तिक २४, २०७६ आइतबार ८:३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले प्रभावशाली खेल प्रदर्शन गर्दा आर्सनल २–० ले पराजित भएको छ । लेस्टरको मैदान किङ्ग पावल स्टेडियममा भएको खेलमा घरेलु टिमको जितमा भार्डीले नायकको भूमिका निभाए ।

सन् २०१५–१६ को च्याम्पियन लेस्टरले पहिलो हाफमा केही मौकाहरु गुमाएको थियो । दोस्रो हाफको सुरुमै पनि विल्फ्रेड एनदिदीको प्रहार क्रसबारमा लागेको थियो ।

६८ औँ मिनेटमा भार्डीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाए । ७५औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरको जित सुनिश्चित गराए । 

यो जितसँगै लेस्टर प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १२ खेलबाट २६ अंक बनाउँदै लेस्टरले शीर्ष स्थानको लिभरपुलसँगको दूरी पाँच अंकमा झारेको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया