अफगानिस्तानविरुद्ध दोस्रो एकदिवसीय खेलमा वेष्ट इण्डिज ४७ रनले विजयी

 कात्तिक २४, २०७६ आइतबार ८:१४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

अफगानिस्तानविरुद्धको दोस्रो एकदिवसीय खेलमा वेष्ट इण्डिजले ४७ रनको विजय हासिल गरेको छ । पहिलो खेल पनि जितेको क्यारेवियन टोलीले तीन एकदिवसीय शृंखला आफ्नो पक्षमा समेत पारेको छ । 

भारतको लखनउमा भएको खेलमा मध्यक्रमका निकोलास पूरनको अर्धशतकीय पारीको मद्धतमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ९ विकेट गुमाएर २ सय ४७ रनको योगफल खडा गरेको थियो । 

पूरनले ५० बलमा ६७ रन जोड्ने क्रममा ७  चौका र ३ छक्का प्रहार गरे । उनका अलावा ओपनर इभिन लेभिसले पनि ५४ रनको अर्धशतकीय पारी खेले । अर्का ओपनर साइ होपले ४३ रन बनाए । यी दुईले पहिलो विकेटका लागि ९८ रनको सानदार साझेदारीसमेत गरेका थिए । धर्मराएको मध्यक्रमलाई सम्हालेका पूरन खेलको म्यान अफ द म्याचसमेत बने । अफगानिस्तानका नवीन उल हकले ३ विकेट लिए ।

जवाफमा अफगानिस्तान ४५.४ ओभरमा २ सय रनमै समेटियो । उसका लागि मध्यक्रममा नाजिमुल्लाह जदरानले ५६ रनको सानदार अर्धशतकीय पारी खेले पनि अन्यले उनलाई साथ दिएनन् । रहमत साहले ३३ र मोहम्मद नावीले ३२ रन जोडेका थिए । 

अफगानिस्तानको पारी कमजोर बनाउन वेष्ट इण्डिजका सेल्डन कोट्रेल, जेसन होल्डर र हेडन वाल्सले समान ३–३ विकेट लिए । तेस्रो एकदिवसीय खेल सोमबार हुनेछ ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया