एएफसी यू–१९ च्याम्पियनसिप छनोट: अन्तिम खेलमा किर्गिस्तानसँग नेपालकाे गोलरहित बराबरी

 कात्तिक २४, २०७६ आइतबार २०:४७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

एएफसी यू–१९ च्याम्पियनसिप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको छ ।

यसअघिका दुवै खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको नेपालले ३ खेलमा एक गोल पनि गर्न सकेन । इरानको तेहरानमा रहेकाे पीएस रंगशालामा भएको प्रतियोगितामा यसअघि नेपालले यूएई र घरेलु टोलीसँग समान ४–० गोलअन्तरको पराजय ब्यहोरेको थियो ।

आइतबार किर्गिस्तानलाई दबाबमा राखे पनि नेपालले गोल भने गर्न सकेन । कप्तान रेजिन सुब्बा र राजीव लोप्चनले खेलको अन्त्यतिर पाएकाे अवसर सदुपयोग गर्न सकेनन् । फलस्वरुप नेपाल जितविहीन हुँदै घर फर्कने भएको हो ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया