मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको ज्यान गयो
बैशाख ११, २०८१ मंगलबार
अफगानिस्तानविरुद्धको तीन एकदिवसीय शृंखला वेष्ट इण्डिजले क्लिन स्वीप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा वेष्ट इण्डिज ५ विकेटले विजयी भयो ।
भारतको लखनउमा खेलिएको खेलमा साइ होपले शतकीय पारी खेलेपछि २५० रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले ५ विकेटको क्षतिमा ४८.४ ओभरमा जित निकाल्यो ।
ओपनर होपले नटआउट रहेर १४५ बलमा ८ चौका र ३ छक्कासहित १०८ रनको शानदार पारी खेले ।
इभिन लेविस र सिमरन हेटमायर सस्तैमा आउट भएपछि वेष्ट इण्डिज सुरुमै दवाबमा परेको थियो । तर होपले ब्रेन्डन किंगसँग मिलेर तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै आशा दिलाए । किंगले ३९ रनको योगदान गरे ।
निकोलास पुरन २१, कप्तान किरोन पोलार्ड ३२ र रोस्टन चेजले ४२ अविजित रन जोडे ।
चेजले होपसँग मिलेर छैटौं विकेटका लागि ७१ रनको अविजित साझेदारी गरेका थिए । अफगानिस्तानका मुजिव उर रहमानले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिंग गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर २४९ रनको योगफल खडा गर्ने क्रममा तीन खेलाडीले अर्धशतक प्रहार गरेका थिए ।
ओपनर हजरातुल्लाह जाजाईले ५० रनको अर्धशतकीय पारी खेल्दा मध्य क्रमका पूर्व कप्तान अस्घर अफ्गानले ८६ रनको शानदार पारी खेले । अफगानले ८५ बलमा ३ चौका र ६ छक्का प्रहार गरे । मोहम्मद नावीले अविजित ५० रन बनाए ।
वेष्ट इण्डिजका किमो पाउलले ३ विकेट र अल्जारी जोसेफले २ विकेट लिए । यसअघिका दुवै खेलमा वेष्ट इण्डिज विजयी भएको थियो ।