एटीपी फाइनल्सको पहिलो खेलमा नाडाल पराजित

 कात्तिक २६, २०७६ मंगलबार ११:४४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

शीर्ष वरीयताका राफेल नाडल एटीपी फाइनल्सको पहिलो खेलमा नै पराजित भएका छन् । स्पेनिस खेलाडी नाडल डिफेन्डिङ च्याम्पियन अलेक्सान्दर भेरेभसँग २–० को सोझो सेटमा पराजित भए । 

यो पराजयसँगै नाडल यो वर्ष वरीयता क्रमको दोस्रो स्थानमा झर्ने पक्का भएको छ । पेरिस मास्टर्सको सेमिफाइनलअघि पेटमा समस्या आएपछि नाडालले खेल त्यागेका थिए । इन्ज्युरीपछि एटीपी फाइनल्स खेलेका नाडाल भेरेभसँग ६–२ र ६–४ को सोझो सेटमा पराजित भए । 

त्यसपछि छैटौँ वरीयताका स्टेफानो सिटसिपासले डेनिल मेद्भेदेभलाई २–० कै सेटमा पाखा लगाए ।

२१ वर्षे ग्रिक खेलाडी सिट्सिपासले ओ२ एरेनामा भएको खेलमा रसियाका मेद्भेदेभलाई ७–६(७–५) र ६–४ को सेटमा पाखा लगाए । नाडालको यो पराजय पश्चात् दोस्रो वरीयताका नोभाक जोकोभिच शीर्ष स्थानमा उक्लिन सक्ने सम्भावना बढेको छ ।

टेनिसको वरीयताक्रम अर्को साता सार्वजनिक हुनेछ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया