राइनासकोटमा नेपाली सेनाले गर्‍याे प्याराग्लाइडिङ परीक्षण: व्यावसायिक उडानकाे सम्भावना

 कात्तिक २६, २०७६ मंगलबार २०:२६:२८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - पूर्वी लमजुङको राइनास नगरपालिकामा रहेको राइनासकोटबाट नेपाली सेनाले प्याराग्लाइडिङ उडान गरेको छ ।

नेपाली सेना, नेपाल हवाइ खेलकुद संस्थाको संयुक्त आयोजना र राइनास नगरपालिकाको समन्वयमा राइनासकोटबाट प्याराग्लाइडिङ उडान गरिएको हो ।

नेपाली सेनाका २२ जना र नेपाल हवाइ खेलकुद संस्थाका ८ जना गरी ३० जनाकाे टोलीले आइतबार, सोमबार र मंगलबार गरी ३ दिनसम्म राइनासकोटबाट प्याराग्लाइडिङ उडान गरेको नेपाली सेनाका प्रमुख सेनानी अर्जुन बस्नेतले जानकारी दिनुभयो ।

‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई भव्यताका साथ सफल पार्नुका साथै साहसिक प्याराग्लाइडिङलाई व्यापक बनाउने र पोखरामा केन्द्रित प्याराग्लाइडिङलाई अन्य ठाउँमा पनि  सम्भावना अध्ययन गर्ने उद्धेश्यले राइनासकोटबाट प्याराग्लाइडिङ उडान गरिएको प्रमुख सेनानी बस्नेतले बताउनुभयो ।

उडानका क्रममा राइनासकोटमा  हरेक दृष्टिकोणले व्यवसायिक प्याराग्लाइडिङको प्रबल सम्भावना देखिएको उहाँले बताउनुभयो ।

राइनसकोटबाट उडान गरिएका प्याराग्लाइडिङ गोरखाको पालुङ्टार, सुन्दरबजार, राइनासटारमा अवतरण गर्न सकिन्छ भने लमजुङ, गोरखा र तनहुँका मनोरम दृश्यको समेत अवलोकन गर्न सकिन्छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया