गाजामा राहत सामग्री पुर्याउनका लागि अनुमति दिन इजरायललाई र...
चैत १६, २०८० शुक्रबार
भारतमा जारी च्यालेन्जर ट्रफी अन्तरगतको बुधबारकाे खेलमा भारतको रेड टिमले नेपाललाई २४८ रनको लक्ष्य दिएको छ ।
४८.२ ओभरमा भारतीय रेड टिमल सबै विकेट गुमाउदै २४७ रन बनाएको थियो । टस जितेर फिल्डिङ रोजेको नेपालले सातौँ ओभरको पाँचौँ बलमा पहिलो सफलता हात पारेको थियाे । भारतको स्कोर ३९ हुँदा नेपालका लागि आकाश चन्दले यशस्वी भुपेन्द्रलाई व्यक्तिगत ३३ रनमा आउट गरेका हुन् ।
त्यसपछि भारतको स्कोर ५४ हुँदा हरि बहादुर चौहानले नेपालका लागि दोस्रो विकेट लिएका थिए । चाैहानले जय राजुभाईलाई व्यक्तिगत ७ रनमा आउट गरेका हुन् ।
२० औंँ ओभरमा नेपालले तेस्रो सफलता हात पार्यो । नेपालका लागि शेर मल्लले भारतकाे रेड टिमका अर्जुन प्रसाद मूर्तिलाई व्यक्तिगत ११ रनमा आउट गरे । यो सँगै भारत २० ओभरमा ३ विकेटको गुमाउदै ९१ रन बनाएको थियो ।
भारतको चौथो विकेट २१ ओभरको दोस्रो बलमा ९३ रनको स्थितिमा गुमाएको थियाे । नेपाललाई लोकेस बमले साई भारद्वाज सुर्दशनलाई रन आउट गरेका थिए । सुर्दशन ६३ बलमा व्यक्तिगत ३४ रन बनाउँदै रन आउट भएका थिए ।
त्यस्तै शेर मल्लले भारतका समिर हसन रिज्बी ध्रुब जुरेललाई क्रमश पाँचाैँ र छैटाैँ विकेटका रुपमा आउट गरे ।
सातौँ विकेटका रुपमा भारतले नितेश कुमार रेड्डीलाई ४४.२ ओभरमा गुमायो । नेपालका बलर आकाश चन्दले उनलाई आउट गरेका थिए । त्यस्तै ४६ औंँ ओभरको पाँचौँ बलमा नेपालका कप्तान रित गौतमले देवोप्रतिम हलदारलाई रनआउट गरेपछि भारतकाे आठाैँ विकेट गुम्याे ।
नवौँ विकेटको रुपमा भारतको स्कोर २४६ रन हुँदा कृतज्ञ कुमार सिंंहलाई व्यक्तिगत २६ रनमा तथा अन्तिम विकेटका रुपमा रिसब बन्सल रन आउट भए ।
नेपालका लागि शेर मल्लले ३, आका हरिबहादुर चौहानले २ तथा आकाश चन्दले २ तथा हरि बहादुर चौहान र प्रतिस जिसीले १–१ विकेट लिए ।
जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा पराजय भोगेको थियो । भारतको एल्लो टिमसँग १० विकेटको लज्जास्पत हार ब्यहोरेको थियो । प्रतियोगितामा भारतका रेड, ब्लू र एल्लो गरी तीन टिम खेल्नेछन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।