पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
नेपाली महिला भलिबल ऐतिहासिक उपलब्धि नजिक पुगेको छ । बंगलादेशको राजधानी ढाकामा भइरहेको एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि नजिक पुगेको हो । नेपालले बिहीबार माल्दिभ्ससँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छ ।
नेपालसहित यो प्रतियोगितामा बंगलादेश, माल्दिभ्स, कीर्गिस्तान र अफगानिस्तानले प्रतिस्पर्धा गरेका छन् ।
राउण्ड रोविन लिग अनुसार बुधबार नेपालले माल्दिभ्सलाई समूह चरणमा ३–० को सोझो सेटमा पराजित गरी प्रतियोगितामा अपराजित टिमको रुपमा फाइनल पुगेको हो । नेपालले सबै खेलमा ३–० कै सेटमा नतिजा आत्मसाथ गरेको छ ।
नेपाली महिला भलिबल टिम २०१४ मा काठमाण्डाैमा भएको दक्षिण एसियाली महिला भलिबल प्रतियोगितामा दोस्रो भएको थियो । बिहीबार नेपाल विजयी भए स्वर्ण पदक हात पार्ने छ । २०१४ मा नेपाल दोस्रो हुँदा भारत पहिलो र श्रीलंका तेस्रो भएका थिए ।
प्रतियोगितामा भारत र श्रीलंका सहभागी छैनन् । समूह चरणमा माल्दिभ्समाथि सहज जित हात पारेकाले नेपाली टिम उपाधिको सबैभन्दा ठूलो दाबेदार टिम हो ।
नेपाली टिम मंसिरमा नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीका क्रममा पनि रहेको छ । थाइल्याण्डमा वैदेशिक प्रशिक्षण गरेर सेन्ट्रल जोन खेल्न आएको नेपाली टिमले सिकेका कुराहरु लागू गरेको प्रशिक्षक जगदीश भट्टले बताए । उनले यो प्रतियोगिताले सागमा थप फाइदा पुग्ने उल्लेख गरे ।
नेपालले माल्दिभ्समाथि बुधबार समूह चरणको अन्तिम खेलमा पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो र तेस्रो सेट २५–५ र २५–१३ ले जितेको थियो । नेपाल र माल्दिभ्सबीचकाे फाइनल खेल नेपाली समय अनुसार दिउँसाे पाैने ३ बजेदेखि सुरु हुने छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।