नाडालको एटीपी फाइनल्स आशा कायमै

 कात्तिक २८, २०७६ बिहिबार ९:१८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

शीर्ष वरीयताका राफेल नाडालले एटीपी फाइनल्सको समूह चरणको दोस्रो खेलमा जित निकालेका छन् । 

पहिलो खेलमा जर्मन खेलाडी अलेसान्दर भेरेभसँग २–० को सोझो सेटमा पराजित भएका नाडलले रसियन खेलाडी डेनियर मेद्भेदेभलाई २–१ को सेटमा हराए ।

लण्डनको सेन्टर कोर्टमा भएको खेलमा नाडलले एक सेटले खेल गुमाएको अवस्थामा पछिल्ला दुई सेटमा कमब्याक गरेका थिए । पहिलो सेट ६–७(३–७) ले गुमाएका नाडालले दोस्रो सेटमा ६–३ को सहज जित निकाले । निर्णायक सेटमा नाडलले उत्कृष्ट कमब्याक गरेका थिए ।

५–१ ले पछि रहेको अवस्थामा नाडलले खेल ७–६ ले आफ्नो पक्षमा पारे ।

सेमिफाइनलमा स्थान बनाउनका लागि नाडालले समूह चरणको अन्तिम खेलमा स्टेफानोस सिट्सिपासलाई हराउनु पर्नेछ ।

सिट्सिपास यसअघिका दुवै खेलमा जित हात पार्दै सेमिफाइनलमा स्थान बनाइसकेका छन् । 

समूहको दोस्रो खेलमा ग्रिक खेलाडी सिट्सिपासले डिफेन्डिङ च्याम्पियन अलेक्सान्दर भेरेभलाई ६–३ र ६–२ को सहज सोझो सेटमा हराए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया