इमर्जिङ एसिया कप क्रिकेट : नेपालले भारतलाई दियाे १९४ रनकाे लक्ष्य

 कात्तिक २८, २०७६ बिहिबार १२:३५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी इमर्जिङ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले भारतको टिमलाई १ सय ९४ रनको लक्ष्य दिएको छ ।

बंगलादेशमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५ औँ ओभरमा १ सय ९३ रनमा अलआउट भएको हो । नेपालका पवन सर्राफले ५६  रन बनाए भने शरद भेषावकरले ४४, कुशल भुर्तेलले २८, दिपेन्द्रसिंह ऐरीले २४, करण केसीले २० रनको योगदान गरे । पहिलो ओभरमै कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए पनि कुशल र शरदले दोश्रो विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए ।

राष्ट्रिय टिमबाट डेब्यू गरेका कुशलले ६० बल खेल्दै ४ चौकासहित २८ रन बनाए । यस्तै टिमका तर्फबाट एक मात्र अर्ध शतक बनाएका पवनले ४९ बलमा ७ चौका र २ छक्काको सहयोगमा ५६ रन बनाए । ७६ बल खेलेका शरदले १ चौका र १ चक्का प्रहार गरे ।

भारतका सौरभ दुवेले ४ र यश राठोडले ३ विकेट लिए । टी–टेन प्रतियोगिता खेल्न यूएई गएका कारण पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने भने नेपाली टिममा छैनन् ।

प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङ सहभागी छन् । नेपाल रहेको समूह बीमा भारत, बंगलादेश र हङकङ छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया