'दुबई एअर शो' मा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल सहभागी हुने

 कात्तिक २८, २०७६ बिहिबार १५:३:७ | उमाकान्त पाण्डे
unn.prixa.net

फाइल फाेटाे

यूएई - दुबईमा हुने 'दुबई एयर-शो'मा सहभागी हुन उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल यूएई आउनु हुने भएको छ । आउँदाे आइतबारदेखि दुबईमा हुने एअर-शोमा सहभागी हुन मन्त्री पोखरेल शनिबार यूएई आउने कार्यतालिका छ ।

मन्त्री पोखरेलले एअर-शो को पहिलो दिन आइतबार उद्घाटन तथा मुख्य शोको आतिथ्यता गर्नुहुने छ । कार्यक्रममा यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल पनि सहभागी हुनुहुने छ ।

त्यस्तै यूएईको औपचारिक भ्रमणमा यूएई आउनु हुने मन्त्री पोखरेलले यहाँका शेख, राजकुमार तथा यूएई सरकारका उच्च अधिकारीहरुसँग भेटघाट तथा विभिन्न पक्षमा छलफल गर्नुहुने नेपाली दूतावास आबुधाबीकी नियोग उपप्रमुख तथा प्रवक्ता रिता धितालले उज्यालोलाई जानकारी दिनुभयो ।

मन्त्री पोखरेलले दुबई च्याम्बर अफ् कमर्सका उच्च अधिकारी सँग भेटघाट तथा नेपालमा लगानी भित्राउने सम्बन्धमा विशेष छलफल गर्नुहुने छ ।  

एअर शोमा सहभागीका लागि आउनुहुने मन्त्री पोखरेलले नेपाली समुदाय तथा विदेशी लगानीकर्तासँग औपचारिक छलफल गर्ने समेत कार्यतालिका छ । नेपाली दूतावास आबुधाबी र नेपाली बिजनेस काउन्सिल दुबईको संयुक्त आयोजनामा सोमबार सांझ यहाँका नेपाली तथा विभिन्न देशका ब्यवसायी एवम लगानीकर्ताहरुसँग 'नेपालमा लगानीका सम्भावना' सम्बन्धमा दुबईको शेख जायद सडकमा रहेको शेराटन ग्रान्ड होटलमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको नेपाली दूतावास आबुधाबीले जनाएको छ ।

दुबई एअर शोमा नेपाल पहिलो पटक मन्त्री स्तरमा सहभागी हुन लागेको हो । सन् १९८६ बाट यूएईले एअर अरब नामक शो गर्दै आएको छ । विभिन्न देशहरुले एअर शोलाई शक्ति प्रदर्शनको रुपमा समेत लिने गरेका छन् ।

अन्तिम अपडेट: चैत ३, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • Deshpremi

    Nov. 14, 2019, 3:52 p.m.

    Kalapani jane ki mantri jyu

  •  0 Reply

तपाईको प्रतिक्रिया