च्यालेञ्जर्स ट्रफी: नेपाललेे दियाे भारतकाे ब्लू टिमलाई २११ रनकाे लक्ष्य

 कात्तिक २९, २०७६ शुक्रबार १३:१४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

भारतमा जारी यू–१९ च्यालेञ्जर्स ट्रफी अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारत ब्लू टिमलाई २११ रनको लक्ष्य दिएको छ । 

विजयवाडामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २१० रन बनायो । नेपालका लागि कप्तान रित गौतमले ८४ रनको उत्कृष्ट इनिङ्स खेले ।

अन्य ब्याट्सम्यानहरु दोहोरो अंकको रन बनाउन नपाउँदै पेभेलियन फर्किँदा रितले ९३ बल खेलेर १२ चौका र एक छक्का प्रहार गरे । लोकेश बम पाँच रनमा, तृत राज दास दुई रनमा, विशाल विक्रम केसी ३ रनमा र अविषेक बस्नेत डक आउट हुँदा उनी क्रिजमा टिकेर बसेका थिए ।

उनीबाहेक शेर मल्लले ३३ रन बनाए भने हरिबहादुर चौहानले २० रन बनाए । आकाश चन्दले १८, कुशल मल्लले १२, सागर ढकालले ९ र गौतम केसीले ५ रन जोडे । नेपालले अतिरिक्त १९ रन पाएको थियो ।

बलिङतर्फ दिव्यांश जोशी र अथर्व विनोद अन्कोलेकरले दुई-दुई विकेट लिए । यस्तै अकिव खान, विवेक कुमार र आरएम विष्नोईले एक एक विकेट हात पारे ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया