अर्जेन्टिनाले ब्राजिललाई १-० ले हरायाे

 कात्तिक ३०, २०७६ शनिबार ८:७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको छ । लियोनल मेस्सीको एकमात्र गोलमा अर्जेन्टिनाले ब्राजिललाई एक-शून्यले हरायो ।

ब्राजिलले सुरुवातमै पाएको पेनाल्टीलाई सदुपयाेग गर्न सकेन । खेलको ९औँ मिनेटमा गाब्रियल जिससले प्रहार गरेको पेनाल्टी सही दिशामा रहन सकेन । जिससलाई नै गेरमन पिजेलाले फल गरेपछि ब्राजिलले पेनाल्टी पाएको थियो ।

त्यसपछि १३औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो । मेस्सीलाई एलेक्स सान्द्रोले डिबक्समा फल गर्न पुगे । तर मेस्सीले पनि पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् । मेस्सीकाे प्रहारलाई ब्राजिलका गाेलकिपर एलिसन बेकरले राेकिदिए । त्यसको लगत्तै अर्जेन्टिनाले खेलमा अग्रता बनायो । उसका लागि मेस्सीले गोल गर्न सफल भए ।

खेलको सुरुवातमा नै अग्रता बनाएको अर्जेन्टिनाविरुद्ध ब्राजिलले बारम्बार दबाव दिए पनि गोल फर्काउन सकेन । जसका कारण ब्राजिलविरुद्ध अर्जेन्टिनाले साघुँरो जित निकाल्यो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया