सचिनकाे टिमले विनाेदकाे टिमलाई हरायाे

 कात्तिक ३०, २०७६ शनिबार १२:१४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युनिसेफको आयोजनामा कीर्तिपुरमा भएकाे खेलमा सचिन तेन्दुलकरकाे टिमले विनाेद दासकाे टिमलाई हराएकाे छ । ४५ रनकाे विजयी लक्ष्य पछ्याएकाे सचिनकाे टाेलीले विनाेदकाे टिमलाई ६ विकेटले हराएकाे हाे ।

कीर्तिपुरकाे त्रिवि मैदानमा १० ओभरमा खेल खेलाउने बताइए पनि आठ ओभरको खेलमात्र भएको थियो । जसमा पहिले ब्याटिङ गरेको विनोद दासको टिमले ४५ रनको लक्ष्य दिएको थियो ।

सचिनकाे कप्तानीमा रहेकाे टिमले ६ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएकाे हाे । सचिनले ब्याटिङमा सात रन बनाए । जसमा उनले एक चौका प्रहार गरेका थिए । उनी ब्याटिङमा आउँदा कीर्तिपुर मैदानमा उपस्थित सबै समर्थकले ठूलो हुटिङ गरेका थिए । यसका साथै उनलाई समर्थकले छक्का हान्न आग्रह पनि गरेका थिए ।दुवै टिममा स्कुलका बालबालिकाको सहभागिता रहेको थियाे ।

त्यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे विनाेदकाे टाेलीले निर्धारित ८ ओभरमा ४ विकेट गुमाउँदै ४४ रन बनाएकाे थियाे ।

युनिसेफको निमन्त्रणामा शुक्रबार राति काठमाण्डाै आइपुगेका सचिनले कीर्तिपुर मैदानमा बलिङ पनि गरेका थिए ।

बालअधिकारसम्बन्धि महासन्धि पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा नेपालस्थित युनिसेफ कार्यालयले मैत्रीपूर्ण क्रिकेट प्रतियाेगिताकाे आयोजना गरेको हो । सचिन युनिसेफका सद्धभावना दूत हुन् ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया