भारतसँगको टेष्ट शृङ्खलाको पहिलो दिन अस्ट्रेलिया ८३ रनले पछाडि
मंसिर ७, २०८१ शुक्रबार
नवलपरासी - नेपाल भ्रमण वर्ष २०२० मा बीस लाख पर्यटक भित्र्याउने गरी अभियान अगाडि बढाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले बताउनुभएको छ ।
भ्रमण वर्ष आउन डेढ महिना बाँकी रहेको भन्दै सरकार यस्ता अभियानहरु अगाडि बढाएको मन्त्री भट्टराईकाे भनाइ थियाे ।
नवलपरासी पूर्व नवलपुरको कावसोती नगरपालिका –१५, मा तराई भू परिधि (ताल) परियोजना र कावासोती नगरपालिकाले निर्माण गरेको मुसहर सुरक्षित आवास कार्यक्रमका घर हस्तान्तरण कार्यक्रममा मन्त्री भट्टराईले हाल नेपालमा करिब १३ लाख पर्यटक नेपाल भित्रिएको तथ्यांक रहेको बताउनुभयो ।
‘अहिले बाह्र, तेह्र लाख पर्यटक भित्रिएको तथ्यांक छ, २०२० मा बीस लाखभन्दा बढी पर्यटक भित्र्याउने गरी अभियान अघि बढदैछन्’, मन्त्री भट्टराईले भन्नुभयो, ‘यसै अनुसार घरबासहरुको स्तर वृद्धि गर्न अनुरोध गर्दछु ।’
उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र भरतपुर विमानस्थलको विस्तारले यस क्षेत्रमा विदेशी पर्यटकको आगमन बढाउने भन्दै सोही अनुसारका संरचनाहरु समेत निर्माण गर्नकालागि अनुरोध गर्नुभयो ।
तराई भू–परिधि कार्यक्रमको सहयोगमा कावासोती–१५ ,मा सुरक्षित आवास कार्यक्रम अन्तर्गत २२ र कावासोती नगरपालिकाले १४ घर निर्माण गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ ।