सिट्सिपासले जिते एटीपी फाइनल्सको उापधि

 मंसिर २, २०७६ सोमबार ७:९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

ग्रिक खेलाडी स्टेफानोस सिट्सिपासले एटीपी फाइनल्सको उापधि जितेका छन् । फाइनलमा अष्ट्रियाका डोमिनिक थिमलाई २–१ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै सिट्सिपासले उपाधि जितेका हुन् ।

२१ वर्षे सिट्सिपासले एक सेटले पछि परेको अवस्थामा पछिल्लो दुई सट जित्दै पछिल्लो १८ वर्षमा एटीपी फाइनल्स जित्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । 

पहिलो सेटमा ६–७(६–८) को पराजय भोगेका सिट्सिपासले उत्कृष्ट कम ब्याक गर्दै पछिल्लो दुई सेट जितेका थिए । बेस्ट अफ थ्रीको पछिल्लो दुई सेटमा सिट्सिपास ६–२ र ७–६(७–४) ले विजयी भएका थिए । 

ओटू एरेनामा दुई घण्टा ३५ मिनेट चलेको खेलमा जित हात पारेपछि सिट्सिपासले दुई मिलियन पाउण्ड पुरस्कार जितेका छन् ।

‘यो ट्रफी उचाल्न पाउँदा अभूतपूर्व आनन्द भएको छ’ उपाधि जितेपछि सिट्सिपासले भने ‘यसरी खेल जितेर उपाधि उचाल्दा सपना पूरा भएको छ ।’

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया