पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
एसीसी इमर्जिङ कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको छ ।
बंगलादेशको साभारस्थित मैदानमा बंगलादेशले २४ ओभरमै २ विकेट गुमाउँदै नेपालले दिएको १३९ रनको लक्ष्य भेट्टाएको हो ।
बंगलादेशका लागि नजमुल होसेन शान्तोले सर्वाधिक ५९ रन बनाए । त्यस्तै मोहम्मद नैमले ४५ रन बनाउँदा सौम्य सरकारले ११ रन र यासिर अलीले रनको योगदान दिए ।
नेपालका लागि सोमपाल कामी र सुशन भारीले एक–एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३८ रन बनाए ।
३५ रन बनाएको अवस्थामा तीन जना ब्याट्सम्यानलाई गुमाएको नेपालका ले ८५ रन बनाउँदा बाँकी पाँच विकेट पनि गुमाएको थियो । यस क्रममा कुशल भुर्तेल १०, ज्ञानेन्द्र मल्ल २२, शरद भेषावकर १, दिपेन्द्रसिंह ऐरी ६, आरिफ शेख ११, पवन सर्राफ ९, सन्दिप जोरा शून्य र विनोद भण्डारी आठ रनमा पवेलियन फर्किए ।
त्यसपछि क्रिजमा आएका सोमपाल कामी र करण केसीले नवौं विकेटका लागि ५० रनको साझेदारी गर्दै टिमको स्कोर उकासेका थिए । करणले ४७ बलमा एक चौका र एक छक्का प्रहार गर्दै १८ रन बनाए ।
सोमपाल सोमपाललले ६३ बलमा एक चौका प्रहार गर्दै ३८ रन बनाए । बलिङतर्फ बंगलादेशका मिनहाजुल अबेदिन अफ्रिदीले तीन विकेट लिए भने तनबीर इश्लाम र सुमोन खानले दुई–दुई विकेट लिए ।
समूह ‘बी’ मा रहेको नेपाल भारतसँग हारेको थियो भने हङकङलाई हराएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।