टी-१० क्रिकेट लिग : सन्दीपकाे महँगाे बलिङ, एकै ओभरमा दिए ३० रन

 मंसिर २, २०७६ सोमबार १९:१५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईमा जारी टी १० क्रिकेटअन्तर्गत तेस्रो खेलमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेको  टिम कर्नाटका टसकर्स ५ विकेटले पराजित भएको छ ।

कर्नाटकाले दिएको १११ रनको लक्ष्य डेक्कन ग्लाडियटर्सले ९ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गरेको थियो । डेक्कनका काइरन पोलार्डले सन्दीपको एकै ओभरमा ३० रन प्रहार गरेका थिए ।

पहिलो ओभरमा ५ रन दिएका सन्दीपलाई दोस्रो ओभरमा पोलार्डले सुरुदेखि चौथो बलसम्म लगातार छक्का प्रहार गरेका थिए । टिमको छैटौं ओभरमा अन्तिम ओभर लिएर आएका सन्दीपको बलमा पोलार्डले पहिलो देखि चौथो बलसम्म लगातार छक्का प्रहार गरेका थिए । पाँचौं बलमा चौका दिएका सन्दीपले अन्तिम बलमा पनि २ रन खर्चिए ।

सन्दीपको टिम कर्नाटका टसकर्सले पहिला ब्याटिङ गर्दै ३ विकेट गुमाएर ११० रन बनाएको थियो ।

डेक्कनका लागि पाेलार्डले  नटआउट रहँदै २२ बलमा ४५ रन बनाएका थिए । त्यस्तै भानुका राजापाक्षले २७ रन बनाए ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया