पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
नेपाली बलर सन्दीप लामिछानेलेआबुधाबीमा जारी टी-१० लिगमा मराठा अरेबियन्सविरुद्ध एक विकेट लिएका छन् । उनले दुई ओभरमा २५ रन दिएर एक विकेट लिए ।
मराठा अरेबियन्सविरुद्धको खेलमा टस हारेर पहिले बलिङको निम्तो पाएको कर्नाटका टस्कर्सको पाँचौ ओभर लिएर आएका सन्दीपले पहिलो बलमा नै छक्का खाएका थिए । दोस्रो बल डट फालेका सन्दीपलाई तेस्रो बलमा आडाम लेथले छक्का प्रहार गरे । त्यसपछि उनले बाँकी तीन बलमा दुई रन दिए ।
दोस्रो ओभरमा उनले ११ रन दिए । टिमको आठौं ओभर लिएर आएका सन्दीपले पहिलो बलमा एक रन दिएका थिए भने दोस्रो बलमा विकेट लिए । उनले एडमलाई ५० रनमा आउट गरे । त्यसपछि वाइड फालेका उनले तेस्रो र चौथो बलमा एक-एक रन दिए । पाचाैँ बलमा उनले छक्का खाए । त्यसपछि अन्तिम बलमा उनले एक रन दिए । यसरी उनले दुई ओभरमा २५ रन दिएर एक विकेट लिए ।
मराठा अरेबियन्सले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै १२९ रन बनायाे । मराठाका लागि क्रिस लिनले ६१ रन बनाए । त्यस्तै नजिबुल्लाह जदरानले ११ रन बनाए ।
केही बेरमा कर्नाटकाले जवाफी ब्याटिङ गर्दैछ । पानी परेर केही बेरदेखि खेल राेकिएकाे छ ।
जारी प्रतियोगितामा उनको यो चौथो विकेट हो । यसअघि उनले पहिलो खेलमा एक र दोस्रो खेलमा दुई विकेट लिएका थिए । तेस्रो खेलमा विकेटविहीन भएका सन्दिपले आज एक विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।