पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
१३ औं दक्षिण एसियाली खेलकुद (साग)को ओलम्पिक टर्च र्याली शुक्रबार स्वयम्भूबाट सुरू भएकाे छ ।
बिहान राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले टर्च प्रज्वलनगरी पूर्व ओलम्पियनको समुहलाई हस्तान्तरण गरेका हुन् । र्यालीमा सहभागि ओलम्पियनको समूहले स्वयम्भू तीन चोटी परिक्रमा गरी शुक्रबार नै प्रदेश नम्बर एकको राजधानी विराटनगर प्रस्थान गरेको छ ।
र्याली काठमाण्डाै विराटनगर, जनकपुर, हेटौडा, चितवन, लम्बिनी, बुटवल, सुर्खेत, नेपालगञ्ज, धनगढी, पोखरा हुदै मंसिर १५ गते पुनः काठमाण्डाै आइपुग्नेछ । टर्च र्यालीको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय तथा अनतर्राष्ट्रिय खेलाडी संघलाइ दिएको छ । टर्च र्यालीमा करातेका दिपक श्रेष्ठ सहित १३ खेलाडीको सहभागि रहेको छ ।
जसमा ओलम्पिनयनहरु वैकुन्ठ मानन्धर, दिपक विस्ट, कान्छिमाया कोजु, राजेन्द्र भण्डारी, नयना शाक्य, उमेश मास्के, देवु थापा, जितबहादुर केसी, ज्ञानबहादुर बोहरा, टिकाराम श्रेष्ठ, राजकुमारी पाण्डे, मुकुन्दही श्रेष्ठ छन् ।
सागको महत्वबारे देशे भरी पुर्याउने उद्देश्य टर्च र्यालीलाई सातै प्रदेश पुर्याउन लागिएको हो । स्वयम्भूमा शुक्रबार सागमा समावेश विभिन्न खेलका खेलाडीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।