वरिष्ठ पत्रकार गुरुवाचार्यकाे निधन

 मंसिर ६, २०७६ शुक्रबार १७:४८:३७ | रासस
unn.prixa.net

काठमाण्डौ – अनुभवी तथा वयोवृद्ध पत्रकार विनय गुरुवाचार्यको शुक्रबार निधन भएको छ । लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्याबाट पीडित ८२ वर्षीय गुरुवाचार्यको थापाथलीमा रहेको आफ्नै निवासमा निधन भएको हो ।

संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय समाचार समिति एसोसिएटेड प्रेस (एपी) को काठमाण्डौ प्रतिनिधिका रुपमा ३८ वर्ष सेवा पुर्‍याउनुभएका गुरुवाचार्यले नेपाल वातावरण पत्रकार समूहमा रहेर पनि काम गर्नुभएको थियो ।

पेसाप्रति पूर्ण समर्पित गुरुवाचार्यको अनुभवबाट उहाँका समकालीन र पछिल्ला पुस्ताले पेसागत जिम्मेवारीका सम्बन्धमा धेरै ज्ञान हासिल गरेका थिए । 

उहाँको शनिबार अन्त्येष्टि हुने परिवारिक स्रोतले जनाएको छ । स्व. गुरुवाचार्यका श्रीमती, छोरा र एक जना छोरी हुनुहुन्छ । 

उहाँका छाेरा विनाज गुरुवाचार्य एपीका लागि काठमाण्डाैका प्रमुख संवाददाता हुनुहुन्छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया