पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
यूएईकाे आबुधाबीमा जारी टी-१० लिगमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको टिम आबुधाबीले सन्दीप लामिछानेको टिम कर्नाटका टस्कर्सलाई ३४ रनले पराजित गरेको छ ।
आबुधाबीस्थित शेखजायद क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पारसको टिमले १० ओभरमा दुई विकेट गुमाउँदै एक सय २८ रन बनायो । टिम आबुधाबीका लागि लुक राइटले ५७ रन बनाए ।
यस्तै मोइन अलीले ३५ रन बनाए । तर आजको खेलमा नेपाली खेलाडी पारस खड्काले ब्याटिङको मौका पाएनन् । उनी लगातार तीन खेलपछि आजको खेलमा टिममा परेका थिए । यता कर्नाटकमा पनि सन्दीप लामिछाने पहिलो पटक बेञ्चमा थिए ।
१२९ रनकाे विजयी लक्ष्य पाएकाे कर्नाटका १० ओभरमा ६ विकेट गुमाउँदै ९४ रनमा रोकियो । उसका लागि कुनै पनि खेलाडीले राम्रो खेल्न सकेनन् ।
ब्याटिङमा मौका न पाएपनि बलिङमा पारसले मौका पाएका थिए । उनले २ ओभरमा ३० रन दिएर एक विकेट लिए । जारी प्रतियोगितामा पहिलो पटक बलिङ गरेका पारसले दुई ओभरमा ३० रन दिए ।
पहिलो ओभरमा उनले १३ रन दिएका थिए भने दोस्रो ओभरमा १७ रन दिएर एक विकेट लिए । उनले अन्तिम बलमा अहमद राजालाई आउट गरे । जारी प्रतियोगितामा पारसको पहिलो विकेट हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।