पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
फ्रेञ्च लिग वानमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) विजयी भएको छ । पीएसजीले लिललाई २–० ले पराजित गर्दै लिगमा ११ अंकको अग्रता लिएको छ ।
गएकाे अक्टोबरमा घाइते भएपछि नेयमार पहिलो पटक मैदानमा उत्रिएको खेलमा एञ्जेल डी मारिया र माउरो इकार्डीले एक-एक गोल गरे । नेयमार गत अक्टोबरमा ह्यामस्ट्रिङ इन्ज्युरीपछि मैदानमा फर्किन सकेका थिएनन् ।
इन्टरमिलानबाट लोनमा रहेका माउरो इकार्डीले १७औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । नौ खेल खेलेका इकार्डीले गोल संख्या १० पुर्याएका छन् ।
३१औं मिनेटमा डी मारियाले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा जुलियन ड्राक्सलरले सुन्दर मौका गुमाउँदा पीएसजीले तीन गोलको अग्रता लिन सकेन । इन्ज्युरी समयमा पनि इडिन्सन कभानीको प्रहार क्रसबारमा लागेको थियो ।
जितसँगै पीएसजीले फ्रेञ्च लिग तालिकामा १४ खेलबाट ३३ अंक बनाएको छ । दोस्रो स्थानको मार्सेको १३ खेलबाट २२ अंक छ । लिल भने १९ अंकसहित सातौं स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।