पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
हाेजे माैरिन्होले प्रशिक्षण सम्हालेपछि टोटनह्यामले आज पहिलो खेल खेल्दैछ । खेल वेस्टह्यामको मैदानमा नेपाली समयअनुसार बेलुका ६ः१५ बजे हुुनेछ ।
गत जनवरी १९ मा फुलह्यामको मैदानमा घरेलु टिमलाई २–१ ले हराएपछि टोटनह्यामले प्रिमियर लिगको अवे खेल जित्न सकेको छैन । अन्तिम पटक अवे खेल जितेको ११ महिना र चार दिन भएको छ ।
लगातार खराब प्रदर्शन गरेपछि टोटनह्यामले प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै खाली बसेका माैरिन्होलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको थियो । जसले चेल्सी, इन्टरमिलान, रियल मड्रिड, युनाइटेड जस्ता ठूला क्लबहरुमा ट्रफी जितिसकेका छन् ।
लिग टेबलको मध्यतिरै रहने टोटनह्यामले पछिल्ले एक दशकमा जम्मा एउटा उपाधि जित्यो । गत सिजन च्याम्पियन्स लिगको फाइनलमा पुगेको टोटनह्याम प्रिमियर लिगमा चौथो भएको थियो । क्लबले मात्र होइन, समर्थकले पनि टिमलाई प्रिमियर लिगको उपाधि जिताउन सक्ने प्रशिक्षक खोजिरहेको अवस्थामा माैरिन्होको नियुक्ति भएको हो ।
हाल प्रिमियर लिगको छैटौं स्थानमा रहेको वेष्टह्यामविरुद्ध जित निकाल्नका लागि टोटनह्यामलाई त्यति असहज नहोला ।
किनभने वेष्टह्याम जानुअघिसम्म मोरिन्होको मुख्य लाइनअफ पूर्ण रुपमा फिटमा छन् । केवल मोरिन्होको ट्याक्टिसमा नतिजा भर पर्नेछ ।
वेष्टह्यामको अन्डरडग टिम हो । मानुयल पेलेग्रिनीको प्रशिक्षणमा रहेको वेष्टह्यामले गत सिजन मोरिन्हो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक हुँदा ३–१ ले हराएको थियो ।
तर, पछिल्लो सात खेलमा वेष्टह्यामले जित निकाल्न सकेको छैन । उसले दुई बराबरी र पाँच हारको नतिजा निकालेको छ । यही प्रदर्शन कायम रहेमा पेलेग्रिनीको जागिर पनि संकटमा पर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।